रामेछाप पकरबासमा टिफर पल्टियो, चालक गम्भीर घाइते

७ भदौ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४, पकरबास स्थित माथिल्लो तित्रीबोट र तल्लो तित्रीबोटको बीचमा अवस्थित कल्चौडे पट्टी टिपर खसेर दुर्घटनामा परेको छ । दुर्घटनामा टिफर चालक भिरपानी लाप्का निवासी ज्ञानराज तामाङ रहेका छन् । उनको दुवै खुट्टा भाँचेर सख्त घाइते भएका छन् ।
बालुवा बोकेर खाँडादेवी पालिकातर्फ जाँदै गरेको टिफर तारेर ब्रेक फेलहुँदा पल्टिएको पाइएको घटनास्थलबाट वडा नं ४ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले रामेछाप टाइम्सलाई बताए । ‘चालकको दुवै खुट्टा भाँचिएको छ, गाडी बालुवा बोकेर जाँदै गर्दा ब्रेक नलागेको बुझियो’, वडा अध्यक्ष पौडेलले भने ।
पाँचपोखरी निर्माण सेवा लेखिएको बा ३ क ६३१ नम्बरको टिफर सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ । घाइते चालक धन राजलाई उद्दार गरी उपचारको लागि मन्थली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मन्थलीका प्रवक्ता कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । हाल प्राथमिक उपचारको ल्याइएको उनलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको बुझिएको हो ।