भोलीदेखि सार्वजनिक यातायात खुल्ने, उपत्यकामा के–के खुल्ने, (सूचीसहित)
फाइल फोटो
१४ असार, काठमाडौं । भोलीदेखि सार्वजनिक यातायात खुल्ने भएको छ । सोमबार बसेको उपत्याकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक ले भोलीदेखि लागू हुने गरि उपत्यकाभित्रमातै चल्न पाउने गरि सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको निर्णयमा उल्लेख छ ।
के(के खुल्ने र के बन्द हुने सम्बन्धमा मापदण्डहरु तयार गरेर जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गर्नेछन् । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।
सूची हेर्नुहोस्
