दोरम्बा शैलुङ्मा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोरा घाइते

| भदौ १७, २०८२ मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१७ भदौ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ्मा मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा बाबु छोरा घाइते भएका छन् । 

 

सोमबार साँझ साँढे ६ बजेको समयमा गाउँपालिकाको वडा नं २ पाँउखोला स्थित भित्री सडक खण्डमा टोकरपुरबाट दोरम्बा तर्फ जाँदै गरेको बा २५ प २८०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना हुँदा मोटरसाइकलमा सवार (चालक) सोही ठाउँ बस्ने ४० वर्षीय पाल्देन लामा र उनका ७० वर्षीय बुबा शरण लामा घाइते भएका हुन् ।

 

मोटरसाइकल सडकबाट अं ५÷६ मिटर तल खस्दा छोराको टाउको, घुँडामा चोट लगेको र बोल्न सक्ने अवस्थामा छन् भने उनका टाउको र अनुहारमा चोट लागेका वृद्धा बुबा बोल्न नसक्ने अवस्थामा रहेका हुन् । 

 

घाइते दुवै जनालाई स्थानीय दोरम्बा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारको लागी काठमाडौँ लगिएको प्रहरी चौकीका (प्र‍.स.नि.) लाल बहादुर तामाङले रामेछाप टाइम्सलाई बताए ।

 

रामेछाप टाइम्स
| भदौ १३, २०८२ शुक्रबार
रामेछाप टाइम्स
| भदौ ७, २०८२ शनिबार