रामेछापमा पनि आज जेन्जीको शक्ति पर्दशनी, निजी विद्यालयहरू सबै बन्द

| भदौ २४, २०८२ मंगलबार

सोमबार साँझ मन्थली देवकोटा चोक ।
A A A
A A A

२४ भदौ, रामेछाप । रामेछापमा मंगलबार (आज)  जिल्लाका निजी विद्यालयहरू बन्द हुने भएका छन् । (जेन्जी) रामेछापले समेत आज बिहान १० बजे शान्तिपूर्ण आन्दोलन गर्ने तयारी गरेपछि जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरेको (प्याबसन) रामेछापले जनाएको हो । 

 

प्याबसनले मंगलबार बिहानै सामाजिक संजाल मार्फत मंगलबार विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । स्रोतका अनुसार आज मन्थलीसहित विभिन्न स्थानीय तहमा समेत नेता र नेतृत्वका विरुद्ध खबरदारी गर्ने तयारी भइरहेको बुझिएको छ ।्

 

हिजो सोमबार देशका विभिन्न जिल्लाहरूमा भएको आन्दोलन चर्किएपछि रामेछापमा पनि त्यसको प्रभाव परेको हो । हिजै देखि मन्थलीमा पनि सुरक्षा सतर्कता बढाइएको छ । सरकारले पछिल्लो पटक नागरिकहरूको दैनिकीसँग जोडिएका २६ वटा सामाजिक सञ्जालहरू एकै पटक बन्द गरेपछि देशव्यापी असन्तुष्ट र आक्रोशित १८ देखि २८ वर्ष उमेर समूहका देशभरका युवाहरूको समूह (जेन्जी) ले स्वतः स्फूर्त रूपमा आन्दोलन गरेको थियो । जसमा पहिलो दिनै काठमाडौँमा हाल सम्म १८ जना (विभिन्न मिडिया स्रोत) इटहरीमा २ जना सरकारको दमनमा परी गोली लागेर ज्यान गुमाउन पुगेको दुःखद जानकारी छ । 

 

पहिलो दिनै ‘इतिहास रच्दै’ बानेश्वर स्थित संसद् भवनमै प्रहरीको निषेधित क्षेत्र तोडेर जेन्जीहरु प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा व्यवस्थालाई बलियो बनाउने भन्दै कर्फू आदेश लागू गर्दै तोड्न खोजे गोली चलाउन आदेश दिएपछि भएको प्रहरीको गोली लाग्दा अकल्पनि तयारीकाले युवाहरूले ज्यान गुमाइरहेका छन् । भने, ३५० जना सामान्य तथा गम्भीर घाइते भएको पछिल्लो मिडिया रिपोर्टहरूले जनाइ रहेको अवस्था छ ।