रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि सेनाले चलायो गोली, ७-८ जना घाइते

२५ भदौ, रामेछाप । रामेछाप कारागारमा गोली चलेको छ । गोली लागेर ७-८ जना घाइते भएको जानकारी प्राप्त भएको छ । केही घाइतेलाई रामेछाप अस्पतालमा उपचारको लागि लगिएको बुझिएको छ ।
रामेछाप डाँडा स्थित कारागारमा रहेका कैदिहरुले गेटका सबै तालाहरु र गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । अहिले स्थिति सामान्य बन्दै गएको (प्रजिअ) थापाको भनाई छ ।
त्यस्तै गोली चलेको डिएसपी भोलकुमार भट्टले पुष्टि गरे । ‘हामी यही छौँ, गोली चलेको हो ।’
त्यस्तै गोली चलेको आवज सुनेको त्यहाँबाट पत्रकार राजन महताराले बताए । थप जानकारी आउन बाँकी