रामेछापको छतिवने खोला नजिकै बोलेरो पल्टिँदा चालकसहित ४ जना घाइते

२६ भदौ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती नजिकै छतिवने खोला छेउमा बोलेरो गाडी पल्टिँदा चालकसहित चार जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी मन्थली स्थित तामाकोशी अस्पतालमा उपारको लागि ल्याइएको छ ।
गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुबाट मन्थली तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२९ च ६३६० नम्बरको बोलेरो गाडी छतिवने खोला पुल तरेर मोडमा पल्टिँदा बोलेरोमा सवार ४ जना जना घाइते भएको प्रहरी सहायक निरीक्षक ललित कुमार साहले रामेछाप टाइम्सलाई बताए । ‘घातेको उद्धार गरी मन्थली पठाएका छौँ।’
दुर्घटनामा गोकुलगंगा–५ नामाडी बस्ने चालक ३१ वर्षीय साङ्गे तामाङ, वडा नं ६ फर्पु बस्ने ४० वर्षीय सिंहबहादुर तामाङ, वडा नं ५ कै २२ को नरबहादुर तामाङ र दोलखाको तामाकोशी गाउँपालिकाकी ४६ वर्षीय मधु विश्वकर्मा घाइते भएको प्र.स. साहले बताए ।
के कारणले दुर्घटनामा पर्यो भन्ने खुल्न सकेको छ ।