रामेछापका सबै विद्यालयमा भोलि देखि पठनपाठन, निजीमा १ गतेदेखि निरन्तर परीक्षा

२८ भदौ, रामेछाप । देशमा आइपरेको विषम परिस्थितिका कारण लागेको कर्फ्यु र निषेधाज्ञा हटेसँगै रामेछापमा भोलि देखि सबै निजी तथा सरकारी विद्यालयहरू खुल्ने भएका छन् ।
निजी विद्यालयहरूको छाता संस्था (प्याबसन) रामेछापको शनिवार बसेको बैठकले भोलि आइतबार देखि मंगलबार सम्म नियमित पठनपाठन गर्ने र असोज १ गतेदेखि ७ गते मंगलबारसम्म निरन्तर दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको प्याबसन रामेछापले जनाएको हो ।
केही दिन अगाडि प्याबसनले अनिश्चित कालको लागि विद्यालय बन्द गरेको थियो । तर, आजदेखि निषेधाज्ञा र कर्फ्यु हटेसँगै भोलिदेखि विद्यालय खुल्ला गर्ने निर्णय गरेको हो ।
त्यस्तै पूर्वनिर्धारित परीक्षाहरू समेत स्थगित गर्दै मन्थली नगरपालिकाले पनि १४ वटै वडामा बन्द गरेको विद्यालय भोलि देखि सुचारु गर्न लागेको जनाएको छ ।