रामेछाप कारागारमा चलेको गोली लागेका थप एकको धुलिखेल अस्पतालमा ज्यान गयो

२८ भदौ, रामेछाप । जिल्ला कारागार रामेछापमा सेनाले चलाएको गोली लागेर घाइते भएका एक कैदीको उपचारको क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको छ । यो सँगै मृतकको संख्या ३ पुगेको छ ।
आज शनिवार साँझ ५ बजे तिर धुलिखेल अस्पतालमा उपचारको क्रममा मानव बेचबिखन मुद्दाका कैदी ४० वर्षीय मनोज महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । उनको ज्यान गएसँगै जिल्ला कारागार कार्यालय रामेछापमा सेनाले दंगा नियन्त्रण गर्न चलाएको गोली लागी ज्यान गुमाउनेको संख्या ३ पुगे हो ।
गएको भदौ २६ गते बुधवार कारागारमा तोड्फोड् सँगै आगो लगाएर सबै कैदी भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलेको थियो । सो गोली लागेका २ जनाको रामेछाप अस्पताल पुर्याउन साथ मृत घोषणा गरिएको थियो । भने, ६ जनालाई थप उपचारको लागि धुलिखेल रेफर गरिएकोमा १ जनाको आज ज्यान गएको जिप्रका रामेछापका प्रमुख (डिएसपी) भोला प्रसाद भट्टले रामेछाप टाइम्सलाई बताए । ‘एक घण्टा जति भयो होला उनको उपचारको क्रममा ज्यान गयो ।’