रामेछाप प्रशासनले भन्यो ‘कुनै हातहतियार फेला परेको भए बुझाउनू, नत्र कारबाही हुन्छ’
 सांकेतिक तस्बिर ।
                    
                    सांकेतिक तस्बिर ।
                    
                ३१ भदौ, रामेछाप । देशका विभिन्न प्रहरी कार्यालयहरूमा हालै भएका आगजनी तथा लुटपाटका घटनापछि हराएका वा लुटिएका हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले एक सूचना जारी गर्दै मंगलबार भनेका छन् ‘जिल्लामा पनि कसैसँग लुटिएको वा आफ्नो कब्जामा रहेका हातहतियार भएमा नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनु पर्नेछ।’
देशमा उत्पन्न विषपस्थितिमा केही प्रहरी कार्यालयहरूमा आगजनी र लुटपाट भई हातहतियार हराएको, लुटिएको घटना भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले चेतावनी दिँदै सूचनामा भनेको छ, “यदि सूचनालाई बेवास्ता गरी लुटिएको हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ।”

 
                                    
 
                         
                         
                         
                         
                         
                        