रामेछापमा लकडाउ फेरी एक हप्ता थपः होटल तथा रेष्टुरेन्ट पनि खुल्ने, के-के खुल्ने के नखुल्ने (आदेशसहित)

| असार १४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१४ असार, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउ थप केही खुकुलो पारि थप गरिएको छ । 

 

 

सोमबार बसेको डिसिसिएमसीको बैठकले आउदो २२ गते राति १२ बजेसम्म जिल्लाभरि लागू हुने गरि लकडाउन थप गरेको हो । तर, यो पटक थपिएको लकडाउन केही खुकुलो छ । 

सरोकारवालहरुको बैठकले खाध्यन्न, तथा पशुपंक्षिका दाना, तरकारी, फलफूल, माछा, पानी, ग्यास, पेट्रोलपम्म, निर्माण सामाग्री बिक्री वितरण, पुस्तक पसल र प्रिन्टिङ्ग प्रेस लगाएत पसलहरु बिहान ५ बजेदेखि साँझ ६ बजे सम्म खुल्ने छन् । 

 

त्यस्तै विकास निर्माणका काम, राष्ट्रिय गौरवका आयोजनाहरु पनि स्वास्थ्य सुरक्षका मापदण्ड पालना गरि संचालन हुने छन् । 

 

त्यस्तै होटल तथा रेष्टुरेन्ट, चिया तथा खाजा पसलहरु स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन् । 

 

त्यस्तै सबै सरकारी तथा सार्वजनिक निकायहरु दैनिक खुल्ने छन् । जिल्लामा पछिल्लो पटक थपिएको लकडाउन भोली राति १२ बजेदेखि सकिदै छ । 

 के के खुल्छन् हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार