रामेछापको कल्चौँडेमा गाडी दुर्घटना : दुई बच्चासहित ६ जना घाइते

| असोज २०, २०८२ सोमबार

A A A
A A A

२० असोज, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कल्चौँडेमा गाडी दुर्घटना हुँदा दुई बच्चासहित ६ जना घाइते भएका छन् । घाइतेहरूको रामेछाप प्रहरीले उद्दार गरी प्रहरीकै गाडीमा मन्थली अस्पताल ल्याएको छ । 

 

करिब २ बजेको समयमा खाँडादेवी गाउँपालिका तर्फबाट मन्थली तर्फ आउँदै गरेको इन्बोस्ट नम्बर (बिएसी) ७१५४ नम्बरको टाटाको इन्डिका गाडी कल्चौँडे भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । ‘हामीले उद्दार गरी प्रहरीकै गाडीमा मन्थली अस्पताल ल्याइपुर्‍याएका छौँ’, घाइतेहरूको बारेमा नाम थरसहित विवरण संकलनको काम मन्थली अस्पतालमा भइरहेको जानकारी दिँदै प्रवक्ता न्यौपानेले भने ‘६ जना घाइते भएका छन्’ । 

 

तीन जना बच्चासहित ७ जना सवार गाडी दुर्घटनामा दुई जना बच्चासहित ६ जना घाइते भएका हुन् ।

 

दुर्घटना बारे थप जनाकारी आउन बाँकी छ ।