आज राष्ट्रिय धान दिवस र दहि चिउरा खाने दिन
फाइल फोटो
१५ असार, रामेछाप । आज १८ औं राष्ट्रिय धान दिवस देशभर मनाइदै छ । मानो रोपेर मुरु फलाउने दिनको रुपमा दहीचिउरा खाने दिनको रुपमा पनि मनाइन्छ ।
यस वर्ष अर्थात समयमै देशैभरि वर्षा भएकाले किसानहरु बेलैमा रोपाई गर्न पाउदा खुसी छन् । नेपाल एक कृषीप्रधान देश हो । यहाँ कान्छी मन्सुली, बास्मती, घैया, करियाकामत, बगडी लगाएतका धान रोपिदै आइएको छ । असार किसानहरुलाई छुटै रौनकको रुपमा लिइन् छ ।
आजको दिनलाई मानो रोपेर मूरी फलाउने दिनको रुपमा पनि मनाइन् छ । असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ है । तर कोरोना महामारीका कारण जारी लकडाउनका कारण आजको दिवसलाई सांकेतिक रुपमा मात्रै मनाउने तयारी गरिएको कृषि विभागले जनाएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
विभागले जिल्ला स्तरका धान दिवस कार्यक्रम समेत सरकारी फार्ममा साङ्केतिक रुपमा मनाउन निर्देशन दिएको छ । हिलो खेल्ने लगायत सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्ने भनेको छ । दिवस मनाउनका लागि दूरी कायम गरी थोरैको समूहमा रोपाइँ गर्ने र कार्यस्थलमा प्रयोग गरिएका सामग्री निसङ्क्रमण गर्ने लगायत मापदण्ड तोकिएको कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डितले बताइन् ।
हाल सम्म कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले देखाएको छ । असार १५ लाई विदेशमा रहेका नेपालीहरुले समेत दहि चिउरा खाएर मनाउने गर्दा छन् । त्यसैले आज दुध,दहीको खरिद् विक्री धेरैले हुन्छ ।
