बेमौसमी वर्षाको प्रभाव : निरन्तर झरी नरोकिएपछि रामेछाप प्रशासनले भन्यो ‘उच्च सतर्कता अपनाउनू’

| कात्तिक १४, २०८२ बिहिबार

फाइल फोटो ।
A A A
A A A

१३ कात्तिक, रामेछाप । गए राति देखिनै जिल्ला सदरमुकाम मन्थलीमा समेत निरन्तर वर्षा भइरहेपछि जिल्ला प्रशासन कार्यालय रामेछाप उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उसले एक पत्र जारी गर्दै सबै सचेत र सतर्क रहन भनेको हो । 

 

मौसम पूर्व अनुमान महाशाखाले बेमौसमी वर्षा गराउने प्रणाली बंगालको खाडीमा विकसित भएको 'ुमोन्था ’  नामको चक्रबातको प्रभावले आउँदो १५ गते शनिवार सम्म कोशी, मधेस र बागमतीमा मध्यम देखी भारी वर्षाको पूर्वानुमान गरेकाले रामेछाप र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव बढ्ने र आकस्मिक बाढीको समेत सम्भावना रहेको जानकारी गराएपछि प्रशासनले सचेत रहन आग्रह गरेको हो । 

 

बिहीबार प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जारी गरेको पत्रमा भनिएको छ ‘मध्यम र उच्च सम्भावना रहने पूर्वानुमान रहेको हुँदा जिल्लामा पनि नदीहरूमा बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने, पहिरोको जोखिम क्षेत्रहरूमा बसोबास गर्ने लगायतका आम नागरिकहरूले सतर्कता अपनाउनु हुन’ अनुरोध छ । 

 

 

साथै जिल्लाको उच्च क्षेत्रहरूमा हिमपात समेत हुन सक्ने हुँदा सो कारणबाट मूलतः विपन्न बस्तीहरूमा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी सतर्कता अपनाउन पनि सचेत गराइएको छ । 

 

मन्थलीमा गए राति देखि नै निरन्तर वर्षा जारी छ । साथै जिल्लाका आठ वटै पालिकामा पनि गए राति देखि मौसम बदली भई वर्षा जारी छ । 

मिलन घिमिरे (बि क)
| असोज २१, २०८२ मंगलबार