एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा उदास, राजनीतिमा ‘होमिँदै’ मानन्धर बने सचिव
 
                    
                १४ कात्तिक, रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । उदासको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको अध्यक्ष उदासले जानकारी दिए । उनको नेतृत्वमा ‘युवा भन्नेहरू’ को बाहुल्यतामा कमिटी बनेको दाबी गरिएको छ । उदास पछिल्लो पटक सम्पन्न रामेछाप उद्योग वाणिज्य संघको महासचिवमा पराजित बनेका थिए । साथै, मन्थली स्थित शान्ति दीप युवा कल्बको अध्यक्ष समेत रहेका छन् ।
शुक्रवार मन्थलीमा सम्पन्न महासंघको तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा गठन गरिएको जानकारी गराइएको छ ।
नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियासहित पूर्व अध्यक्ष एवं प्रदेश सांसद आनन्द कुमार श्रेष्ठसहित पार्टीका प्रदेश र जिल्ला कमिटीका विभिन्न तहका नेता कार्यकर्तासहितको उपस्थितिमा शुक्रवार सम्पन्न अधिवेशनले जिल्लामा विभिन्न व्यापार व्यवसाय गर्दै पार्टीका क्रियाशील नेताहरूलाई व्यवसायीको मद्यमाबाटै पार्टीलाई चलायमान बनाउन जिम्मेवारी दिएको हो ।

जसको उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ चयन भएका छन् भने, सचिवमा जय मानन्धरले जिम्मेवारी लिएका छन् । उनी लामो समयदेखि पोल्ट्रि व्यवसायमा सक्रिय छन् । सचिव बनेका मानन्धर एमालेको राजनीतिमा खुलेरै पहिलो पटक जिम्मेवारीमा देखिएका हुन् । यद्दयपी उनको बुबा भने एमालेका जिल्ला तहकै नेता हुन् ।
त्यस्तै उपसचिवमा विष्णुराज कडरिया र लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा सरोज लामा र सह कोषाध्यक्ष मोहन कार्कीले जिम्मेवारी पाएका हुन ।
जेन्जी आन्दोलनपछि पहिलो पटक भएको औपचारिक कार्यक्रममा युवाहरूले राजनीतिमा सक्रियता बढाउने र स्थान पाउनु पर्ने भन्दै नेतृत्वलाई दबाब बढाएपछि विषम परिस्थित कै बेलामा भएको अधिवेशनमा देवचन्द्र कठायत, पुरुषोत्तम बस्नेत,पर्वत बि क, सुवास फुयाँल, शम्भु बि क, कृष्ण लगुन, देवी बुढाथोकी, अस्बिन बोहरा, अर्जुन खत्री, माधव आरण र चेतमान तोलाङ्गे सदस्य बनेका छन् ।
 
                                    
 
                         
                         
                         
                         
                        