बिहानै खुसीको खबर : आइतबारदेखि सम्पर्क विहीन राकाथुमकी लेखापाल लामा सकुशल भेटिइन्

| कात्तिक १९, २०८२ मंगलबार

A A A
A A A

१८ कात्तिक, रामेछाप । आइतबार बिहान ४ बजेदेखि बेपत्ता राकाथुम माविकी लेखापाल आशा लामा सकुशल भेटिएकी छिन् । उनी सोमबार मध्य राति उनको माइतीघर निजगढ पुगेकी हुन् । 

 

मङ्गलवार बिहान रामेछाप टाइम्सलाई जानकारी गराउँदै आशाका ससुरा बुबा वीरबहादुर तामाङले भने ‘बुहारी सकुशल भेटिएकी छिन् । राति २ बजे माइतीबाट बुहारीको बुहारीले छोरोलाई खबर गर्नु भएपछि र बुहारीको भाइ पनि यही आउनु भएको थियो’, आशाको बुहारीले भाइलाई खबर गरेको जानकारी गराउँदै आफूले समेत अहिले बुहारीसँग कुरा गरेको सुनाउँदै आफ्नो छोरी जस्तै बुहारी भेटिएको सुनाए ।’

 

बेपत्ता बुहारी आइतबार राति बेलघारीको जंगलमा बास बसेको र साँझ परेपछि सिन्धुली तर्फ हुँदै माइता पुगेको बुहारीले सुनाएको वीरबहादुरले जानकारी गराए । 

 

त्यस्तै साेही वडाका वडा अध्यक्ष रामकुमार श्रेष्ठले समेत बेपत्ता आशा भेटिएको रामेछाप टाइम्सलाई बताए । विद्यालयका प्रअ सरसंग पनि कुरा भएको रहेछ । उहाँ भेटिनु भयो वडा अध्यक्ष श्रेष्ठले भने । 

 

वैदेशिक रोजगारीको लागि विदेशमा रहेका आशाका श्रीमान् लेखापाल श्रीमती बेपत्ता भएपछि नेपाल फर्किने तयारीमा रहेका थिए । सामाजिक संजाल टिकटकमा भेटिएका भारतीय नागरिकसँगको कुराकानीमा ठुलो स्क्यामरमा पर्दा आशाले रु ७ लाख बढी रकम पठाएको प्रमाणहरू भेटिएको छ । 

 

परिवारका सदस्यलाई थाहा नदि ठुलो रकम बाहिरिएपछि उनी सम्पर्क विहीन भएकी थिइन् । 

मिलन घिमिरे (बि क)
| असोज २१, २०८२ मंगलबार