रामेछापका जीवन कार्कीले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेद्वार घोषणासहित उम्मेद्वारी दर्ता गरे
                    
                १८ कात्तिक, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ७ खिम्ति निवासी युवा नेता एवं नेपाल जेसीजका ‘जेसी’ जीवन कार्कीले केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय अध्यक्ष पदको लागि उम्मेद्वारी उम्मेदवारी दर्ता गरेका छन् । उनी रामेछाप जेसीजको आधिकारिक प्रस्तुतिका रूपमा महत्त्वपूर्ण नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्। गत वर्ष पनि केन्द्रीय अध्यक्षको प्रतिस्पर्धा गरेका थिए ।
रामेछापमा चुनौतीपूर्ण परिवेशबाट नेतृत्वको यात्रा सुरु गरेका कार्की विभिन्न चुनौतीकै बिच जिल्लामा सफलता हासिल गर्दै आफ्नो जेसिज यात्रालाई सफलता तर्फ लम्काउन संघर्षरत रहेका छन् । सन् २०१५ मा रामेछापबाट सदस्यता लिएका उनी सन् २०२१ मा शाखा अध्यक्ष बनेका थिए । त्यसपछि २०२२ मा राष्ट्रिय उपाध्यक्ष र २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेर संगठनलाई संचालन गर्न सक्ने र हाँक्न सक्ने क्षमता देखाएका जेसी हुन् ।
उनले आफू संगठनलाई नीति, प्रशिक्षण र सहकार्यमा नयाँ दिशा प्रदान गर्न सक्षम रहेको बताउँदै आएका छन् । गत वर्ष इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका उनले इमानदार, शालीन र प्रेरणादायी नेतृत्वको छवि स्थापित गर्दै “He won by heart but lost by vote cast“ को उपमा पाएका थिए।
यो पदक राष्ट्रिय अध्यक्षमा प्रतिस्पर्धामा देखिँदा जेसी कार्कीले आफ्नो उम्मेदवारीलाई “एकताको संकल्प, रूपान्तरणको यात्रा” नाम दिएका छन्। नेतृत्वलाई पदको सट्टा जिम्मेवारीका रूपमा लिने गरेको बताएका कार्कीले स्पष्ट रूपमा लक्ष्य निर्धारण गर्ने, दृढताका साथ कार्यान्वयन गर्ने र सफलता हासिल हुने दाबी गरेका छन् ।
जेसी कार्कीले एकता, सहकार्य र स्पष्ट कार्य दृष्टिका माध्यमबाट जेसीजलाई अझ प्रभावशाली, सक्षम र भविष्य–उन्मुख बनाउन सकिने विश्वास व्यक्त गरे । उनले आगामी यात्रालाई व्यक्तिगत नभई साझा प्रगतिको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

                                    