रामेछाप उद्योग वाणिज्य संघले दुई सदस्यलाई बिमा बापतको रकम उपलब्ध गरायो
२० कात्तिक, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले दुई जना सदस्यलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गराएको छ । संघमा नवीन थापा मगरको नेतृत्वमा टिम आएदेखि नै सबै सदस्यको रु १ लाख बराबरको दुर्घटना बीमा गराउँदै आएको छ । बिहीबार दुई सदस्यलाई गरी एक लाख ७२ हजार २७० रुपैयाँ प्रदान गरिएको हो ।
बिहीबार बिहान संघको सचिवालयमा प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापासहितको उपस्थितिमा केही समय अगाडि सवारी दुर्घटनामा परेका मन्थली नगरपालिका–१, का राजनबहादुर बुढाथोकी र उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिण्डार देउराली निवासी साङ्गे लामा शेर्पालाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरिएको संघका कोषाध्यक्ष झनक बुढाथोकी (उत्तम) ले रामेछाप टाइम्सलाई बताए ।
उनका अनुसार केही समय अगाडि दुर्घटनामा परेक बुढाथोकीलाई ७५ हजार र शेर्पालाई ९७ हजार ७२० रुपैयाँ बीमा बापतको रकम हस्तान्तरण गरिएको हो । संघले आफ्ना सदस्यहरुलाई दुर्घटना बिमासहित मन्थलीका निजी अस्पतालहरूमा उपचार गर्दा विशेष छुट लगाएको व्यवस्था गरेको छ ।
