रामेछापका २४ वर्षीय पेमालाई ब्लड क्यान्सरः उपचारमा आर्थिक अभाव, सहयोग गरिदिन परिवारको अपिल !
२२ कात्तिक, रामेछाप । रामेछापका २४ वर्षीय युवा पेमा तामाङलाई ब्लड क्यान्सर भएपछि उनको परिवारले सहयोगको याचना गरेको छ । आर्थिक सहयोग गरेर आफ्नो छोरालाई बचाउनको लागि उनका आमाबुबाले अपिल गरेका हुन् ।
जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–७ पुँडीका पेमालाई युवा अवस्थामै अपत्यारिलो तरिकाले गम्भीर प्रकृतिको ब्लड क्यान्सर भएपछि काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल सर्भिस हस्पिटलमा उपचार भइरहेको छ । उच्च ज्वरो निरन्तर आएपछि अस्पतालमा इमर्जेन्सी भर्ना भएका उनलाई Acute Myeloid Leukemia (AML) भएको पुष्टि भएको थियो । जुन रक्त क्यान्सर घातक प्रकार मानिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
तेर्सो बाटोमा हिँड्दा समेत हात गोडा गल्ने, ज्वरो दोहोरिइरहने, खानेकुरा अरुचि हुने लगायत समस्या भएपछि उनलाई अस्पताल लगिएको उनका बुबा लालबहादुर तामाङले बताए ।
पेमा परिवारमा माइला छोरा हुन् । क्यान्सरको उपचार जटिल र खर्चिलो रहेका कारण पेमालाई बचाउनका लागि सहयोग याचना गरिएको उनका भाइ छोइकु तामाङले बताए । आफ्नो परिवारको आर्थिक अवस्था निकै कमजोर बनेकाले सहयोगी, शुभेच्छुक तथा टोलछिमे र इष्टमित्रको जोकोहीले पनि दुःखको बेलामा सहयोग पाए उपचारमा टेवा पुग्ने पीडितका बुबाको गुनासो छ ।
बोनम्यारो प्रत्यारोपण गर्दा ५० लाख रुपैयाँ सम्म खर्च लाग्ने चिकित्सकहरू बताएको सुनाउँदै हालसम्म १० लाख रूपैया बढी खर्च भइसकेको र पूरा उपचार गर्न लाखौँ रुपैयाँ आवश्यक पर्दा आफूहरू बिच्छिप्त बन्न पुगेको उनले बताए । ‘जति सकिन्छ सहयोग गरेर हामीलाई धर्म गरिदिनुस्’। लालबहादुरका चार सन्तान छोरा ३ र एक छोरी छन् ।
आर्थिक सहयोग गर्नको लागि बैंक विवरण !

