जिल्ला प्रहरी कार्यालय रामेछापका ६७ जना प्रहरीको स्वास्थ्य परीक्षण

| असार १५, २०७८ मंगलबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

१५ असार,रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत सबै प्रहरीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

 

जिल्ला प्रहरी रामेछापमा कार्यरत सबै कार्मचारीहरु नियमित स्वास्थ्य चेकजाँच गरेको रामेछाप प्रहरीले जनाएको छ । 

 


प्रहरीले गर्ने कार्यसम्पादन, तथा काम-कारबाहीलाई प्रभावकारी बनाउनका लागि प्रत्येक प्रहरी कर्मचारी शारिरीक र मानसिक रुपमा स्वास्थ्य हुनु आवश्यक रहेको भन्दै स्वास्थ्य परीक्षण गरिएको हो । 


कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ मापदण्डको पूर्णपालना गरि रामेछाप सामुदायिक अस्पताल मन्थलीसंगको समन्वयमा ६७ प्रहरी कर्मचारीको प्रारम्भिक स्वास्थ जाँच गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापको प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।  

 

उनका अनुसार एक जना प्रहरी नीरिक्षण, प्रहरी नायव नीरिक्षक, तीन जना, प्रहरी सायक नीरिक्षक ८ जना, प्रहरी हवल्दार १७ जना, प्रहरी जवान ३२ जना, प्रहरी कार्यालय सहयोगी ६ जना गरि जम्मा ६७ प्रहरी कर्मचारीको प्रारम्भिक स्वास्थ जाँच गरिएको हो । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार