‘रेष्ट अल्मूनाइ’ रामेछापले गर्‍यो डिजिटल हिंसा न्यूनीकरणको लागि अभिमुखीकरण

| मंसिर २६, २०८२ बिहिबार

A A A
A A A

२५ मंसिर, रामेछाप । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) अल्मूनाई समूह रामेछापले लैङ्गिक हिंसा न्यूनीकरण गर्न ‘डिजिटल हिंसा’ न्यूनीकरण बारे सचेतिकरण कार्यक्रम गरेको छ । जिल्लाको मन्थली नगरपालिकामा सञ्चालित मन्थली मावि र  नागकन्या माविका ३० जना विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख ‍(डिएसपी) भोला कुमार भट्टसहितको उपस्थितिमा ‘डिजिटल भाइलेन्स’ बारे सचेत  गराएको हो । 

 

बुधवार मन्थलीमा लैङ्गिक हिंसाको १६ दिने अभियान समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा रेष्टले जिल्लामा पछिल्लो समय डिजिटल मध्यमबाट लैङ्गिक हिंसा जन्य गतिविधि बढ्दै गएपछि सोको न्यूनीकरण गर्नको लागि विद्यार्थीहरूलाई सचेतना फैलाएको हो । 

 

रेष्ट रामेछापको सम्पर्क कार्यालय प्रमुख विनीता थापाका अनुसार विद्यार्थीहरूमा ‘डिजिटल प्रविधि’ मार्फत हुने हिंसा जन्यबाट सूचनाबाट सचेत हुनको लागि उक्त कार्यक्रम गरिएको हो । 

 

सो कार्यक्रममा बोल्दै डिएसपी भट्टले डिजिटल हिंसा, त्यसको अवस्था, न्यूनीकरण बारे चुनौती, देशमा डिजिटल हिंसा बारे कानुनी व्यवस्था लगायत विषयमा अभिमुखीकरण गराएका थिए ।