मदिरा संघ रामेछापको संयोजकमा ध्रुव लामिछाने
२७ मंसिर, रामेछाप । रामेछापमा मदिरा संघको तदर्थ समिति गठन भएको छ। तदर्थ समितिको संयोजकत्वमा ध्रुव लामिछाने चयन भएका छन् ।
शनिवार मन्थलीमा संघका प्रदेश समितिका अध्यक्ष हरि दाहालसहितको उपस्थितिमा भएको एक कार्यक्रमले संयोजकमा लामिछानेलाई जिम्मेवारी दिएको नेपाल उद्योग तथा ब्यवसायी महासंघ, जिल्ला कमिटी रामेछापका अध्यक्ष शुरेस उदाशले रामेछाप टाइम्सलाई बताए ।
रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं युवा व्यवसायी श्याम थापा समेतको सहभागितामा गठित समितिको सदस्यमा भने राजु थापा, श्याम श्रेष्ठ, शिव श्रेष्ठ, इन्द्र गुरुङ, रामचन्द्र अधिकारी, रवीन्द्र कार्की, राज खड्का, जय श्रेष्ठ, विष्णु बोहरा र देवचन्द्र कठायतलाई चयन गरेको छ ।
जिल्लामा पछिल्लो समय धराशायी जस्तै अवस्थामा पुगेको व्यापार व्यवसायसहितका विषयमा बोल्दै युवा व्यवसायी श्याम थापाले आगामी दिनमा सबै व्यवसायीहरू ठुलो चुनौती तर्फ केन्द्रित रहेको उल्लेख गरे ।
