रामेछापको बेथानमा एक घरमा आगो लाग्दा एक पुरुषको ज्यान गयो

| मंसिर २९, २०८२ आइतबार

आगोलागि, सांकेतिक तस्बिर ।
A A A
A A A

२८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथान पानीघाट एक घरमा आगो लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ४० वर्षीय धनबहादुर खड्का रहेका छन् । उनी केही समयदेखि कामको सिलसिलामा पर्वत तिर बस्दै आएकोमा शनिबार (२७ गते) मात्रै आफ्नै घरमा आई बसेको मृतकका भतिज पबिन्द्र खड्काले बताए । 

 

आइतबार बिहान बेथान पानीघाट स्थित ताराबहादुर खड्काको ढुंगा–माटोले बनेको २ तले कच्ची (भूकम्प प्रतिरोधी घरको) भुईतलाको मकैको ढोँड राखिएको मानिस बसोबास नगर्ने घरको कोठा भित्र आगलागी भई उनको मृत्यु भएको घटनास्थल पुगेको प्रहरी अनुसन्धानबाट खुलेको जानकारी प्राप्त भएको हो । 

 

घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको इलाका प्रहरी कार्यालय चोप्राङको भनाई छ।  

रामेछाप टाइम्स
| मंसिर ६, २०८२ शुक्रबार