नेताहरूसँग मेरो व्यक्तिगत सम्बन्ध हो, म एमाले फर्किएको छैन, फर्किन्न : रत्न कँडेल

| पुस १, २०८२ मंगलबार

A A A
A A A

०१ पुस, रामेछाप । लामो समय नेकपा (एमाले) रामेछापमा सक्रिय नेता रत्न प्रसाद कँडेल एमालेमा नफर्किने आफ्नो प्रस्ट अडान रहेको जिकिर गरेका छन् । उनले भने ‘नेताहरूसँग मेरो व्यक्तिगत सम्बन्ध हो अब त्यहाँ फर्किन्न यो मेरो प्रष्ट अडान अहिले पनि कायम छ ।’

 

मंगलबार रामेछाप टाइम्ससंग संक्षिप्त (भेटमा कुरा) गर्दै नेता कँडेलले आफू एमालेमा नफर्किएको विषयलाई मिडियाले (रामेछाप टाइम्स) ले सार्वजनिक गरेकोमा असन्तुष्टि व्यक्त गर्दै दोहोर्‍याए ‘नेताहरूसँग भेट भएको हो तर त्यो मेरो व्यक्तिगत भेट हो । राजनीतिक हैन ।’

 

रामेछापका एमाले नेताहरूको नाम लिँदै भने ‘उहाँहरू मेरो साथि हो । व्यक्तिगत सम्बन्ध रहन्छ।’ केन्द्रमा एमालेको महाधिवेशनमा प्रदीप ज्ञवाली र रामकुमारी झाँक्रीसहितका नेतालाई रुवाएको उल्लेख गर्दै जिल्लामा पनि धेरै नेताहरू रुएर बसेको उनको तर्क छ ।

 

काठमाडौँमा जारी पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि छनोट गर्दा नसमेटिए लगत्तै सामाजिक सञ्जालमा ‘आजबाट स्वतन्त्र नागरिक बनेर बस्ने’ उद्घोष अर्थात् एमाले नरहेको उल्लेख गरेका नेता कँडेल अब आफू सामाजिक काममा सक्रिय हुने तर्क गरेका हुन् । 

 

आगामी स्थानीय तहमा दोरम्बा शैलुङ् गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने दाबी गर्दै आएका कँडेलले मानव अधिकारकर्मीको रूपमा चिनाउँदै आएका छन् । कँडेल  गैर सरकारी संस्था महासंघमा लामो समयदेखि संलग्न रहेका छन् । भने, विभिन्न स्थानीय तहमा उनको पहल र संलग्नतामा हेफर नामक गैर सरकारी संस्था पनि काम गरिरहेको छ ।