मन्थली रणजोर पुल नजिकै देउरालीका एक पुरुष मृत भेटिए

| पुस २, २०८२ बुधबार

A A A
A A A

०२ पुस, रामेछाप । रामेछापको मन्थली नगरपालिका–१, को रणजोर पुल नजिकै एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रामेछाप नगरपालिका वडा नं २, देउराली घर भई मन्थलीमा बस्दै आएका जयबहादुर रैका मगर रहेका छन् । 

 

मादक पदार्थ सेवन गरेका उनको मृत्यु भइसकेको अवस्थामा स्थानीयहरूले व्यवारिसे देखेपछि प्रहरीलाई खबर गरेका थिए । पछि उनको आफन्तहरू आएर मृतकको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका एक प्रहरी अधिकारीले रामेछाप टाइम्सलाई बताए । 

 

‘हामीलाई बिहान ७ः३० बजे तिर खबर आएर हेर्न जाँदा मृत भेटिएपछि आफन्त आएर सनाखत गर्नु भयो’ एक प्रहरी अधिकारीले भने । 

 

मादक पदार्थ सेवन गरेका उनको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हुन सक्ने प्रत्यक्ष दर्शीहरूको अनुमान छ । मृतक रैका मगरको शव घटनास्थलबाट अहिले मन्थली अस्पतालमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

रामेछाप टाइम्स
| मंसिर ६, २०८२ शुक्रबार