रामेछापको फुलासीमा मालबहाक ट्रक पल्टियो

| पुस ८, २०८२ मंगलबार

तस्बिर स्रोत कैलाश चौहान ।
A A A
A A A

०८ पुस, रामेछाप । रामेछापको फुलासीमा मालबहाक ट्रक पल्टिएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् । व

 

मंगलबार मन्थली नगरपालिका वडा नं १३ फुलासी–चिण्डे चौहान टोलमा काठ लोड् गर्न जाँदै गरेको बा ४ ख ७५३७ नम्बरको गाडी सडकमा एक्कसी पल्टिँदा मन्थली नगरपालिका ९ पुरानागाउँका चालक अन्दाजी ५२ वर्षिय कुमार बोहोरा र गाडीमा सवार दोरम्बा शैलुङ गाउँपालिका ४ निवासी अन्दाजी ३५ वर्षका कमल थापा घाइते भएको चनखुका पूर्व वडा अध्यक्ष राजेन्द्र चौहानले रामेछाप टाइम्सलाई बताए । 

 

दुर्घटनामा चालक बोहोरा घाइते बनेको र उनलाई उद्दार गरी किर्ने स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको स्थानीय एवं पूर्व जनप्रतिनिधि चौहानले बताए । ‘अरू दुई जनाको अवस्था सामान्य छ । चालकको अस्पतालमा उपचार जारी छ ।’

 

मन्थली–खिम्ती–किर्ने हुँदै दोरम्बा शैलुङ तर्फ गाडी चल्ने सडकमा ट्रक उत्तानो परेर पूरा छेक्दा सडक यो समाचार तयार पार्दा सम्म अवरुद्ध बनेको छ ।  

रामेछाप टाइम्स
| मंसिर ६, २०८२ शुक्रबार