सोमबार देखि प्रथम शैलुङ खुल्ला पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता हुने

| पुस १०, २०८२ बिहिबार

फाइल फाेटाे
A A A
A A A

१० पुस, रामेछाप । दोरम्बा शैलुङ् स्पोर्टस क्लब रामेछापले ‘प्रथम शैलुङ् खुल्ला पुरुष तथा महिला ब्याड्मिन्टन प्रतियोगिता’ गर्ने भएको छ । त्यसको लागि तयारी तीव्र पारिएको क्लबले जनाएको हो । 

 

आउँदो सोमबार देखि बिहीबार सम्म भक्तपुरको दुवाकोट सिटी बैंक्वेटमा डबल टप २० बाहेक पुरुष,डबल टप १० बाहेक महिला र भेट्रान पुरुष डबल ४५ माथि ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरेको कार्यक्रम सहयोगी भिमशेन लामाले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार पुरुष तर्फ विजेता हुने टिमले नगद ५० हजार, उपविजेताले २५ हजार तेस्रो र सान्त्वना हुने टिमले १०–१० हजार पुरस्कार जित्ने छन् । भने, सहभागी सबैलाई ट्रफि, मेलड र प्रमाण पत्र प्रदान गरिने छ । 

 

त्यस्तै महिला र भेट्रान पुरुष डबल तर्फ विजेताले नगद ३५–३५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्, भने उपविजेताले नगद रु २०–२० हजार प्राप्तसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

 

महिला र भेट्रान तर्फ तेस्रो र सान्त्वना हुने टिमले रु ७ हजार ५ सयसहित ट्रफि र मेडल प्राप्त गर्ने छन् । विभिन्ने खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको यो क्लबले ब्याड्मिन्टन प्रति खेलाडी महिला पुरुष दुवैलाई प्रोत्साहित गर्न खेल आयोजना गरिएको सहयोगी लामाको भनाई छ ।  

 

हाल टिम दर्ता लगाएको काम धमाधम भइरहेको जानकारी गराएका लामाले स्वास्थ्य रहनको लागि ब्याड्मिन्टन निकै महत रहेको उल्लेख गर्दै सबैले यो खेल खेल्नु पर्नेमा जोड् दिए । 

मिलन घिमिरे (बि क)
| मंसिर ३०, २०८२ सोमबार
रामेछाप टाइम्स
| मंसिर २८, २०८२ शनिबार