सिँचाइ पोखरीमा डुबेर सुनारपानी एक बालिकाको ज्यान गयो
१२ पुस, रामेछाप । शनिवार दिउँसो देखि बेपत्ता भएकी रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीकी नाबालिका मृत भेटिएकी छिन् । उनलाई घर नजिकैको सिँचाइ पोखरी डुबी मृत अवस्थामा फेला पारिएको हो ।
शनिवार दिउँसो करिब ३ बजेदेखि १० वर्षीय नाबालिका दिविसा भुजेल एक्कासि बेपत्ता भएपछि खोजी थालिएको थियो । खोजी कार्य तीव्र पारिँदै जाँदा पोखरी नजिकै चप्पल फेला परेपछि पोखरीमा खोजी गर्दा मृत अवस्थामा बालिका फेला पारिएको वडा अध्यक्ष रविन कार्की (नवीन) ले बताए ।
‘बेपत्ता भएको थाहा पाए लगत्तै खोजी गर्दै जाँदा सिँचाइ पोखरी छेउमा चप्पल देखियो र पानीमा हेर्दा त्यस्तो भेटियो’ वडा अध्यक्ष कार्कीले दुःख व्यक्त गर्दै भने भैरवी माविका ‘एक विशेष’ कक्षामा पढ्दै आएकी बालिकाको दुःखद निधन भयो ।
उनी शारीरिक रूपमा अशक्त (सुक्षममनस्थितिकी) रहेकी थिइन् । मृतक बालिकाको सब अहिले सम्म पोखरी भित्रै रहेको उनका दाइ नाता पर्ने अनोज भुजेलले बताए । ‘अहिले सुरक्षाकर्मीसमेतको निगरानीमा राखिएको छ । उनको ठुलो बुबा काठमाडौँबाट नआउँदा सम्म केही नगर्नु भनेकाले निकालिएको छैन ।
