दोरम्बा शैलुङ् गाउँपालिकामा आज बिदा !
फाइल तस्बिर
२३ पसु, रामेछाप । जिल्लाको दोरम्बा शैलुङ् गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
मंगलबार गाउँपालिकाले एक सूचना जारी गर्दै बुधवार (आज) १८ औँ अधिवेशन एवं गाउँ सभा गर्न लागेकाले गाउँ कार्यपालिकासहित मातहतका सबै निकाय (वडाहरू) मा अत्यावश्यक बाहेक सबै सेवा बन्द रहने भनेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले जारी गरेको पत्रमा भनिएको छ ‘यस गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरूमा अति आवश्यक सेवा बाहेक बिदा हुने छ’ ।
