मौसमः बागमती सहित पाँच प्रदेशमा भिषण वर्षा, बाढी पहिरोको उच्च जोखिम

| असार १७, २०७८ बिहिबार

संकेतिक फोटो
A A A
A A A

१७ असार, रामेछाप । आज प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । ती प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सचेत हुन आग्रह गरिएको छ ।  

 

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एकरदुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भईरहेको छ । बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भईरहेको ।

 


महाशाखाका अनुसार आज ९बिहिबार०, शुक्रबार र शनिबार सम्मै देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।
आज राति देशभर सामान्य देखि पूर्ण बदली रहने छ ।

 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा पानी पर्ने छ । साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार