भोलि उम्मेद्वारी दर्ता: मुख्य निर्वाचन कार्यालय रामेछापले राजनीतिक दललाई तोकेरै दियो समय, अन्तिममा काँग्रेसलाई (सूचीसहित)
०५ माघ, रामेछाप । मुख्य निर्वाचन अधिकृत कार्यालय रामेछापले भोलि उम्मेद्वारी दर्ताको समय तोकेको छ । राजनीतिक दलहरूलाई प्रत्येक दललाई १–१ घण्टा समय तोकेको हो । मंगलबार देशभर आगामी फागुन २१ गतेको लागि प्रतिनिधि सभाको उम्मेद्वारी दर्ता हुँदै छ ।
सोमबार एक सूचना जारी गर्दै कार्यालयले सबै भन्दा पहिला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समय तोकिएको छ । बिहान १०ः ३० बजेदेखि सबै दललाई १–१ घण्टा समय पर्ने गरी समय तोकिएको हो ।
त्यस्तै, पछि नेकपा एमाले र एमाले पछि उज्यालो नेपाल पार्टीको उम्मेद्वारी दर्ताको समय दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको हो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले हस्ताक्षर गरिएको सूचनामा बिहान १०ः३० बजेबाट अपराह्न ५ः०० बजेसम्म अन्तिममा नेपाली काँग्रेसको उम्मेद्वारी दर्ताको समय तोकिएको छ ।
यो हेर्नुहोस् सूची

