नेकपा रामेछापका संयोजक श्रेष्ठले पाए टिकट

| माघ ६, २०८२ सोमबार

A A A
A A A

०५ माघ, रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका संयोजक श्याम कुमार श्रेष्ठ ‘कुशल’ले टिकट पाएका छन् । उनले केही बेर अगाडि आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको प्रत्यक्षे तर्फको उम्मेद्वार बन्न टिकट लिएका हुन् । 

 

पूर्व गृह राज्य मन्त्री समेत रहेका मन्थलीका कुशलले टिकट पाएसँगै नेकपा रामेछापले भोलि उम्मेदवारी दर्ता गर्ने तयारी थालेको छ । रामेछापमा तत्कालीन माओवादीका केन्द्रीय सदस्य एवं पूर्व राज्य मन्त्री श्रेष्ठलाई उम्मेद्वार बनाउने नेकपाको केन्द्रीय कमिटीले निर्णय गरेको हो । 

 

https://ramdfo.gov.np

नेकपाको तर्फबाट टिकट लिनको लागि तत्कालीन एकीकृत समाजवादीका नेता होमबहादुर बुढाथोकीसहितका नेताहरू आकांक्षि बनेका थिए । स्रोतका अनुसार नेकपा रामेछापले उज्यालो नेपाल पार्टीसँग मिलेर चुनावी प्रतिस्पर्धा गर्न सक्ने समेत बुझिएको छ ।