कुलमानको पार्टी उज्यालो नेपालले रामेछापमा दिपबहादुर योन्जनलाई उम्मेद्वार बनायो

| माघ ६, २०८२ सोमबार

A A A
A A A

०५ माघ, रामेछाप । कुलमान घिसिङको पार्टी उज्यालो नेपालले रामेछापमा दिपबहादुर योन्जनलाई उम्मेद्वार बनाएको छ । सोमबार साँझ योन्जनलाई पार्टी अध्यक्ष घिसिङले प्रतिनिधि सभाको फागुन २१ मा हुन लागेको निर्वाचनको लागि उम्मेद्वार खडा गरेको हो ।

 

विभिन्न समयमा नेपाल विद्युत् प्राविधिकता कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा नेपाललाई लोड्सेडीङ् मुक्त बनाएका कुलमान जेन्जी आन्दोलन पछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सामेल भएका थिए । नागरिक सरकारमा रहँदै उज्यालो नेपाल पार्टी खोलेपछि विवादमा तानिएका मन्त्री घिसिङ  चौतर्फी आलोचना भएपछि मन्त्रीबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीका सक्रिय भएका थिए । मन्त्री पद छाड्दा सम्म कुनै पार्टीको सदस्यता लिएको छैन भनेका कुलमानले मन्त्री पदबाट राजीनामा दिए लगत्तै उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका थिए । उनकै नेतृत्वमा पार्टी अगाडि बढ्ने सुरुवात गर्दा उनले पार्टीलाई नेता कार्यकर्तासँग छलफल नै नगरी रास्वपाका मिल्न गएका थिए । जुन १२ दिन नबित्दै रास्वपाका कुलमानले गरेको एकता टुटेपछि अहिले उज्यालो पार्टीलाई नै उम्मेद्वार खडा गर्दै पार्टीलाई चलायमान बनाउन कुलमान लागि परेका हुन् ।

 

https://ramdfo.gov.np

गृह जिल्ला रामेछापलाई छोडेर काठमाडौँबाटै चुनाव लड्न तयारी अन्तिम चरणमा पुर्‍याएका कुलमानले रामेछापको चुनावी मैदानमा भने युवा योन्जनलाई खटाएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट सहित रास्वपा समेतका चर्चित र राजनीतिक व्यक्तिहरू चुनावी मैदानमा देखिँदा उज्यालो पार्टीले युवा उम्मेद्वारलाई टिकट दिएको हो । 

 

जिल्लामा २१ सदस्यीय जिल्ला समिति गठन मात्रै गरेर पहिलो बैठक समेत नबसेको उज्यालो नेपाल पार्टीले चुनावी प्रचारप्रसार र कस्तो नतिजा ल्याउँछ त्यो भने हेर्न बाँकी छ । उज्यालो नेपाल पार्टीले भने यो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्नु नै पार्टीको जित हुने तर्क गर्दै आएको छ । स्रोतका अनुसार उनेपाले रामेछापमा नेपाली कम्युनिष्ट पार्टीसंग चुनावी तालमेल गर्न सक्ने विषयमा समेत छलफलहरु भइरहेको बुझिएको छ । 

रामेछाप टाइम्स
| माघ ६, २०८२ सोमबार