राप्रपाले धोबीका गोरेबहादुर तामाङलाई बनायो उम्मेद्वार

| माघ ६, २०८२ सोमबार

A A A
A A A

०५ माघ, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रामेछापमा गोरेबहादुर तामाङलाई आगामी निर्वाचनको उम्मेद्वार बनाएको छ । तामाङले सोमबार प्रतिनिधि सभाको प्रत्यक्षे तर्फको उम्मेदवारीमा टिकट पाएको राप्रपाका विशाल घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार लिखु तामाकोशी गाउँपालिका धोबीका तामाङ पार्टीको क्षेत्र नं १ को क्षेत्रीय अध्यक्ष हुन् । राप्रपा नेपाल र राप्रपा मिलेर एक बनेपछि उनले प्रत्यक्षे तर्फको टिकट पाएका हुन् । जिल्लामा यो पार्टीको मत ठूलो संख्यामा नभएको तर्क अन्य राजनीतिक दलहरूको छ । 

 

https://ramdfo.gov.np

मंगलबार १०ः३० बजेदेखि उम्मेद्वारी दर्ताको समय तोकिँदा सोमबार राति १०ः३० बजे सम्म सबै राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । 

 

रामेछापमा नेपाली काँग्रेसले पूर्व पार्टी सभापति रामचन्द्र खड्कालाई उम्मेद्वार बनाएको छ । भने, नेकपा एमालेले केन्द्रीय सदस्य माधव ढुङ्गेललाई टिकट दिएको छ । 

 

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संयोजक श्याम कुमार श्रेष्ठ कुशललाई टिकट दिएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राजनीतिबाट टाढा रहेका बैंकर कृष्णहरि बुढाथोकीलाई उम्मेद्वार बनाएको छ । 

त्यस्तै उज्यालो नेपाल पार्टीले सुनापति गाउँपालिकाका युवा दिपबहादुर योन्जनलाई उम्मेद्वार तोक्दा राप्रपाले पनि युवा उमेरकै तामाङलाई खडा गरेको हो । 

 

त्यस्तै निवर्तमान धरान महानरका मेयर हर्क साम्पाङ्को पार्टी संस्कृतिबाट डिबि थापामगरले टिकट लिएका छन् । विगतमा मुख्य तीन दलबिच चुनावी प्रतिस्पर्धा हुँदै आएको रामेछापमा यो पटक भने विभिन्न ६ दल बिच प्रतिस्पर्धा हुने देखिएको छ । केही दलहरूले चुनावी तालमेल गर्न सक्ने विषयमा आन्तरिक छलफल भइरहेको बुझिए पनि हाल सम्म गठबन्धनको कुनै विषय सार्वजनिक भने हुन सकेको छैन । 

रामेछाप टाइम्स
| माघ ६, २०८२ सोमबार