रामेछापका सबै व्यवसायीहरुको लागि कोरोना खोप उपलब्ध गराउन रामेछाप उद्योग वाणिज्य संघको माग

| असार १७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१७ असार, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाका सबै व्यवसायीहरुलाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउन माग गरेको छ । संघले आफूले सम्बन्धित निकायमा व्यवससायीहरुलाई खोप उपलब्ध गराउन माग गरे पनि सुनुवाई नभएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो ।

 


बिहिबार एक पत्र जारी गर्दै संघले कोरोना संक्रमणको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र गतीमा फैलिरहेको अवस्थामा पनि व्यवसायीहरुले सेवा दिरहेको उल्लेख गर्दै उनीहरुलाई खोप लगाउनबाट बञ्चित भएको भन्दै तत्काल उनीहरुको लागि खोप लगाउने व्यवस्था गर्न माग गरेको हो ।


“राज्यका सबै निकायहरुले कोभिडको खोप लगाउन अवसर पाँउदा, हाम्रा उद्योगी व्यवसायीहरुले खोपबाट पूर्ण बञ्चित हुनुपर्ने बाध्यकारी समस्या रहेको अवस्थामा संघले पटक–पटक कोभिड खोपको व्यवस्थापन गराउन कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापन समिति (डिसिसिएमसी) बैठक, मन्थली नगरपालिकाको कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा समेत पत्रचार गर्दा पनि उक्त वियषमा आवश्यक छलफल नभएको संघले जारी गरेको सूचनामा उल्लेख छ ।”


त्यस्तै संघमा आबद् उद्योगी व्यवसायीहरुले मौखिक रुपमा पटक–पटक कोभिड खोपको लगाउन पाउनु पर्ने माग गर्दै आएको समेत विज्ञप्तिमा उल्लेख छ ।


संघका अध्यक्ष केशबप्रसाद घिमिरेले आफूहरुको माग सम्बोधन हुन नसकेको भन्दै अव चाँडै खोप लगाउन पाउनु पर्ने बताए ।


मन्थली नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र नेपाल पत्रकार महासंघ शाखा रामेछापलाई ध्यानाकर्षण गरिएको पत्रमा संघमा आबद्ध तथा जिल्लाका सबै व्यवसायीहरुलाई कोरोना बिरुद्धको खोप व्यवस्थापन गर्न माग गरिएको हो ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार