अझै पुगेन रामेछापमा ‘म्यादी’ प्रहरी, आवेदन दिन प्रहरीको अपिल

| माघ १०, २०८२ शुक्रबार

तस्बिर एआइबाटको सहयोगमा ।
A A A
A A A

०९ माघ, रामेछाप । निर्वाचन प्रहरीको संख्या अपुग भएपछि रामेछापमा म्याद थप गरेर आवेदन दिन सकिने गरी प्रहरीले आह्वान गरेको छ । दोस्रो पटक म्याद थप गरेर माग गर्दा पनि सहभागिता आपूर्ति नभएपछि तेस्रो पटक सूचना प्रकाशन गरी निर्वाचन प्रहरी (म्यादी) माग गरिएको हो । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन प्रसाद तिम्सिनाका अनुसार पहिलो र दोस्रो पटक आह्वान गरिएको सूचना अनुसार सम्पर्कमा आएका ११ भन्दा बढी युवाहरू मध्ये परीक्षामा एक हजार ४६ जना मात्रै सामेल भएपछि संख्या अपुग भएर शनिवार र आइतबार दुई दिन आवेदन दिन सकिने गरी आह्वान गरिएको हो । 

 

https://ramdfo.gov.np

सशस्त्र प्रहरीलाई ९५ र नेपाल प्रहरीलाई कूल १३ सय ३३ जनाको संख्यामा निर्वाचन प्रहरी माग गरिएको रामेछापमा दोस्रो पटक सूचना प्रकाशित गरी माग गर्दा पनि पर्याप्त संख्यामा सहभागी हुन नभएपछि पुनः आह्वान गर्नु परेको सूचना अधिकारी इन्स्पेक्टर तिम्सिनाले रामेछाप टाइम्ससंग बताए । 

 

‘सम्पर्कमा आएका पनि १०० जना जति परीक्षामा सामेल हुन आएनन् त्यसैले फेरी मागेका हौँ’, शनिवार र आइतबार सम्पर्कमा आउनेहरूलाई सोही दिन परीक्षामा समेत सहभागी गराउने तयारी रहेको जानकारी दिँदै प्रहरी निरीक्षक एवं इन्स्पेक्टर तिम्सिनाले भने ‘परीक्षामा नआएका ती सय जनासहित अन्य थप सम्पर्कमा आउनेलाई त्यही दिन परीक्षा लिएर नजिता पनि दिने छौँ ।’

 

देशमा रोजगारी नभएको भन्दै दैनिक हजारौँको संख्यामा विदेशिने बाध्यताका बिच स्वदेशमै मौसमी रूपमा खडा हुने यस्ता रोजगारीका अवसरमा भने युवाहरुको आकर्षण नदेखिनु चिन्ताको विषय भएको स्थानीय अगुवाहरू बत्ताउँछन् । गाउँमा रहेका मानिसहरू रोजगार नपाएर बिदेसिँदाको परिणाम युवाहरुको अभाव देखिन थालेको स्थानीय जानकारहरूको भनाई   ।