नेकपा रामेछापको चुनावी प्रचार आज खिम्तिबाटः प्रत्येक दिन २ ठाउँका कार्यक्रम, यस्तो छ सेडूल ?

| माघ १२, २०८२ आइतबार

फाइल तस्बिर
A A A
A A A

११ माघ, रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले आज आइतबार देखि चुनावी प्रचार थाल्ने भएको छ । आइतबार पहिलो दिन लिखु तामाकोशी गाउँपालिकाको वडा नं ६ खिम्ती र ७ तिल्पुङ्मा औपचारिक कार्यक्रम गर्न लागेको नेकपा रामेछाप स्रोतले रामेछाप टाइम्सलाई जानकारी दियो । 

 

स्रोतका अनुसार चुनावी प्रचार संयोजक होमबहादुर बुढाथोकीको नेतृत्वमा गठित प्रचार समितिले समिति संख्यामा घरदैलो अभियान विधिवत् रूपमा आइतबार देखि गर्न लागेको जनाएको हो । नेकपा रामेछापले एक दिनमा दुई वडामा प्रचारका कार्यक्रमहरू गर्ने गरी ‘सेडूल’ तयार पारेको छ । 

https://ramdfo.gov.np

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सांसद समेत बनी सकेका श्याम कुमार श्रेष्ठ (कुशल) फेरी उम्मेदवारको उभ्याएको नेकपाले समानुपाती दुई उम्मेद्वार समेतलाई साथमा लिएर चुनावी प्रचारमा होमिन लागेको नेकपा रामेछापका नेता मदन कालिकोटेले बताए । 

 

‘आचारसंहिताको पालना गर्दै दुई वटा गाडीमा कति जान सकिन्छ त्यतिको संख्यामा प्रचारमा जाँदैछौं’, पार्टीको प्राविधिक (आइटी) को जिम्मेवार निर्वाचन गर्दै आएका कालिकोटेले भने । शनिवार तीनलाल पार्कमा एक कार्यक्रम गरी नेता कार्यकर्तालाई चुनावी प्रचारमा सक्रिय हुन नीति निर्देशन गरेको नेकपा रामेछापले आन्तरिक विवादलाई सकेसम्म भित्रै मिलाउने प्रयास गरिरहेको बुझिएको छ । 

 

सामाजिक सञ्जालमा नेताहरूको आक्रोश कुनै पनि तरिकाले नबाहिरियोस् भनेर कडाइ गरेको नेकपा रामेछापले तत्कालीन ७ दलकै प्रतिनिधिहरूलाई ‘एक विशेष टिमले’ निगरानी गरिरहेको बुझिएको छ ।

 

यो हेर्नुहोस् कुन दिन कहाँ कार्यक्रम नेकपाको ?