कुलमानलाई प्रधानमन्त्रीको रूपमा देख्न चहानेले चिममा भोट हाल्नु पर्छः उम्मेद्वार योञ्जन

| माघ १४, २०८२ मंगलबार

A A A
A A A

१३ माघ, रामेछाप । उज्यालो नेपाल पार्टीको तर्फबाट रामेछापका उम्मेद्वार दीप बहादुर योञ्जनले कुलमान घिसिङलाई  यो देशको प्रधानमन्त्री देख्न चाहानेहरुले चिममा भोट हाल्नु पर्ने बताएका छन् । उनले सबै पुरानो पर्टीहरु भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै उनले अबको नेपालले नेतृत्व नेपाल उज्याले गर्ने दाबी गरे । 

 

मंगलबार उज्यालो नेपाल पार्टी काठमाडौँ–रामेछाप सम्पर्क मञ्च गठन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार योन्जनले आफूहरू युवा र नयाँ दल भएको हुँदा आफूहरूले जित्ने दाबी समेत गरे । 

 

https://ramdfo.gov.np

सो कार्यक्रममा विभिन्न व्यक्तिहरूले अन्य राजनीतिक दल परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य नीराजन लामा, नेकपा एमालेकै नारायण स्याङ्तान र नेपाली काँग्रेसका मनोज घिसिङ लगायत छन् । 

 

कार्यक्रममा पार्टी प्रवेश गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य पद त्याग गरेका नेता नीराजन लामाले कुलमान घिसिङ चिलिमे जलविद्युत कम्पनीका (सीईओ) रहँदा स्थानीय जनतालाई हाइड्रो सेयर वितरण गरी वास्तविक समाजवादको अभ्यास गराउन सफल भएको बताए । उक्त कार्यबाट आफू प्रभावित भई उज्यालो नेपाल पार्टीमा आबद्ध भएको उनको तर्क थियो । 

 

सो अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्दै पार्टीले गर्ने काम प्रति कुनै पनि पछुतो नहुने गरी इमानदार, पारदर्शी र परिणाममुखी काम गर्ने आश्वासन दिए ।