रामेछाप नगरपालिकामा मनोपरामर्श तालिम

| असार १७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१६ असार रामेछाप । रामेछापको रामेछाप नगरपालिकाको आयोजनामा तीन दिने मनोपरामर्श तालिम सम्पन्न भएको छ । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला, महिला स्वास्थ्यकर्मी तथा महिला जनप्रतिनिधिहरुका लागि  कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

 


कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपमेयर सृजना खड्काले कोरोनाको महामारीले समुदायमा मनोसामाजिक समस्यामा वृद्धि आएको र मानसिक स्बास्थ्यको क्षेत्रमा पनि कार्यक्रमहरु अगाडि बढाउनु अति जरुरी देखिएकाले अहिलेको असहज अवस्थामा पनि सामाजिक दुरि कायम गर्दै मनोपरामर्श तालिमको कार्यक्रम राख्नु परेको बताइन् । उनले मनोसामाजिक परामर्शका कार्यक्रमहरु आगामी दिनहरुमा नगरपालिकाका सबै वडाहरुमा संचालन गर्ने प्रतिबद्धता समेत जनाएकी छन् । 


त्यस्तै कार्यक्रमको समापन गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत रामचन्द्र लामगादेले अहिलेको अवस्थामा कार्यक्रम अति नै समय सान्दर्भिक भएको भन्दै खुसी ब्यक्त गरे । लामगदेले नगरभित्र पहिलो पटक यस्तो प्रकारको तालिमको आयोजना गरिएको र आगमी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्नु आवश्यकता रहेको औल्याए । 

 

मनोविद् गोपाल ढकालले तालिमको सहजिकरण गर्दै नकरात्कम कुराहरु त्यागेर सधै सकरात्मक कुराहरु गर्न उत्परित गरे । 

 

रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले घरेलु हिंसा, यौन दुर्व्यवहार, अपराधका कतिपय घटनाहरु मनोसामाजिक समस्या तथा मानसिक रोगका कारणले पनि हुने भएकाले मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्ने बताए । 


कार्यक्रममा पचास जना भन्दा बढिको सहभागीता रहेको थियो ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार