रामेछापको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित
१४ माघ, रामेछाप । रामेछापको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित गरिएको छ । निर्वाचन आचारसंहिताको कारण अर्को सूचना जारी नहुँदा सम्मको लागि १३ औँ जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता स्थगित गरिएको हो ।
बुधवार बसेको जिल्ला खेलकुद विकास समिति रामेछापको बैठकले यही माघ २२ गतेदेखि गर्ने भनिएको १३ औँ जिल्ला स्तरीय राष्ट्रिय पति रनिङ सिङ्गल प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको आयोजक समितिले जनाएको हो ।
जिखेपका अध्यक्ष सिताराम कार्कीले हस्ताक्षर गरिएको पत्रमा ‘निर्धारित मितिमा प्रतियोगिता संचालन गर्न सम्भव नभएकोले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्को निर्णय नहुँदा सम्मको लागि स्थगित गरिएको छ’ ।

