रामेछापको चुचुरेमा ट्याक्टर दुर्घटना : चालक कार्कीको घटनास्थलमै ज्यान गयो

| माघ १८, २०८२ शनिबार

A A A
A A A

१७ माघ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेको शिवालयमा ट्याक्टर दुर्घटनामा परी एक जनाको निधन भएको छ । बालुवा अनलोड् गर्ने क्रममा डिलबाट ट्याक्टर तल खस्दा उनको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीको भनाई छ । 

 

शनिवार दिउँसो करिब २ बजेको समयमा वडा नं १ चुचुरेको भित्री सडक इल्छिरेमा बालुवा अनलोड् गर्ने क्रममा ट्याक्टर पल्टिँदा  सोही ठाउँका ट्याक्टर चालक अन्दाजी ३० वर्षीय भिमबहादुर कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता राजन प्रसाद तिम्सिनाले रामेछाप टाइम्सलाई बताए । ‘हाम्रो टोली गएर घटनाको विवरण लिएको छ’, ट्याक्टर अन्दाजी २ मिटर तल खसेको पाइयो’, प्रवक्ता तिम्सिनाले भने । 

 

सडकको छेउबाट बालुवा अनलोड गर्दै गरेको बागमती प्रदेश ००६ नम्बरको ट्याक्टर पल्टिँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।

रामेछाप टाइम्स
| पुस ८, २०८२ मंगलबार