काँग्रेस नेता मगर र तामाङको एकै स्वर: ‘रामचन्द्र दाइलाई जिताउन गाउँ सबै नेता कार्यकर्ता गाउँ पसौँ’

| माघ २०, २०८२ सोमबार

A A A
A A A

२० माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापका उम्मेद्वार रामचन्द्र खड्कालाई जिताउन आफूहरू जस्तो भूमिका निर्वाह गर्न ‘तम्तयार र एकताबद्ध भई’ लागि परेको महासमिति सदस्य र बागमती प्रदेश कार्यसमिति सदस्यले प्रतिबद्धता जनाएका छन् । उनीहरूले विगतमा भएका आन्तरिक मनमुटाबलाई त्यागेर अब काँग्रेसका उम्मेद्वारलाई जिताउन आफूहरू मन, वचन र कर्मले लागि सकेको धारणा व्यक्त गरेका हुन् ।
 

शनिवार पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा बसेको विस्तारित बैठकमा बोल्दै नेताद्वय पार्टीको प्रदेश कार्यसमिति सदस्य जितबहादुर थापा मगरले भने ‘अब रामचन्द्र दाइलाई जिताएर हामीले काँग्रेस रामेछापमा काँग्रेसको विरासतलाई निरन्तरता दिनु पर्छ’, आफूले विगतमा केही स–साना कारणले केही मनमुटाब भए पनि त्यो सबै भुलेर पार्टीका उम्मेद्वारलाई जिताउन लागि होमो सके । 

 

विगतमा प्रदेश सांसदको उम्मेद्वार समेत बनिसकेका नेता मगरले रामेछापमा पार्टी भित्र सबै तहका नेता कार्यकर्ता एक ढिक्का भइसकेको उनको जिकिर छ । 

त्यस्तै महाधिवेशन प्रतिनिधि नेता वीर बहादुर तामाङले पनि आठ वटै पालिकाका नेता कार्यकर्ता र मतदातालाई अपिल गर्दै ‘रामचन्द्र दाइलाई विजयको गराउन लाग्नु पर्छ’ भने ।  पार्टीका पूर्व सभापति खड्कालाई जसरी पनि २१ फागुनबाट निर्वाचित गराएर जिताउनुको विकल्प नरहेको तर्क गर्दै नेता तामाङले थपे ‘भाषण गरेर भन्दा पनि अब हामी मतदाता भेट्न गाउँ–गाउँ पुग्नु पर्छ र त्यसमा लाग्नु पर्छ’ । 

 

उनीरहरुले पार्टी भित्रका समस्यालाई त्यागेर सामूहिक संस्थागत हितमा लाग्न नेता कार्यकर्ताहरूलाई अपिल गरेका हुन् । विगतमा पार्टी भित्रको आन्तरिक झमेलामा फरक मत राख्दै आएका नेताद्वय तामाङ र मगर पार्टीका पूर्व सभापति एवं परिचित नेता रामचन्द्र खड्काले टिकट पाए लगत्तै खुलेरै सहयोग गर्न जुटेका हुन् ।