काँग्रेस उम्मेदवार खड्का मत माग्न पुग्दा मतदाता नै उत्साहित
२० माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले सोमबार जिल्लाका विभिन्न वडामा चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सोमबारदेखि मतदाता भेट्न खाँडादेवी गाउँपालिका वडा नं १, राकाथुमको चामबोट, वडा नं २ मझुवाको निगालपानी, वडा नं ३, भिरपानीको सित्खा र सुनापति गाउँपालिका वडा नं ५, खनियापानीमा पुगेका खड्कासहितको नेपाली काँग्रेस रामेछापको टोली पुग्दा मतदाता निकै उत्साहित देखिएका छन् । काँग्रेसका अग्रज, निष्पक्ष र कुनै पनि दाग नलागेका नेता खड्कासहितको टोलीमा स्थानीयहरूले भव्य स्वागत गरेका हुन् ।
निर्वाचन आचारसंहिताको पालना गर्दै सानो संख्यामा खटिएको उक्त टोलीलाई भेट्न मतदाता स–सानो संख्यामा सामूहिक गीत मार्फत स्वागत गर्दै खड्कालाई भोट दिन अन्य मतदातालाई समेत अपिल गरे ।
अझ रोचक त के छ भने, सोमबार बिहान त्रिवेणी मन्दिरमा पूजा आजागरी जनताको घरदैलो सम्म निस्किएका उम्मेद्वार खड्कासंग विगतमा मनमुटावैकै अवस्थामा रहेका नेताहरू जितबहादुर मगर र वीर बहादुर तामाङ नै टोलीलाई उत्साहका साथ मत मागेर खड्कालाई जिताउनुको विकल्प नरहेको भन्दै खड्काको साथमा बलियो खम्बा बनेर उभिएका छन् ।

घरदैलोका क्रममा उम्मेदवार खड्काले विगतको निराशाजनक अवस्था अन्त्य गर्दै सुशासन, विकास र जनमुखी राजनीतिका लागि नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे। उनले विकासका नाममा भएको दुरुपयोग, बेरोजगारी र जनताको आवाज दबाउने प्रवृत्ति विरुद्ध काँग्रेस स्पष्ट र दृढ भएर उभिने दाबी गरे।
खड्काले शिक्षा, स्वास्थ्य, कृषि, सडक र रोजगारी जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै ‘अब भाषण होइन, परिणाम देखिने राजनीति आवश्यक छ’ भन्ने सन्देश मतदातामाझ राखे ।
यो बेला नेकपा (एमाले), रास्वपा लगाएका अन्य दलका उम्मेद्वारहरु पनि भोट माग्ने दौड धूपमा देखिन्छन् । यद्दयपी स्थानीय नागरिकले उत्साहपूर्वक समर्थन जनाउँदै परिवर्तनका लागि काँग्रेस नै उपयुक्त विकल्प भएको प्रतिक्रिया दिएका थिए ।
तस्बिर इश्वर बिक ।
