बोलेरोले ठक्कर दिँदा मन्थलीमा १६ महिना नाबालकको ज्यान गयो

| माघ २५, २०८२ शनिबार

सांकेतिक तस्बिर
A A A
A A A

२४ माघ, रामेछाप । रामेछापको मन्थलीमा बोलेरो गाडीले ठक्कर दिँदा एक नाबालकको ज्यान गएको छ । मृतक नाबालकको शव मन्थली अस्पतालमा रहेको छ । 

 

शनिवार बागमती प्रदेश ०२८ च १२७२ नम्बरको मन्थली बजारबाट तामाकोशी नदी तर्फ जाँदै गरेको गाडीले खेल्दै गरेका १६ महिना नाबालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको मन्थली अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार शनिवार बिहान ८ बजेको समयमा बोलेरोले ती नाबालकलाई ठक्कर दिएको थियो । 

मिलन घिमिरे (बि क)
| माघ २३, २०८२ बिहिबार