त्रिवेणी नजिकै बस दुर्घटना : घाइते र मृतक गरी १७ जना भेटियो, अकल्पनीय क्षति

| माघ २८, २०८२ मंगलबार

A A A
A A A

२७ माघ, रामेछाप । काठमाडौँबाट मन्थली हुँदै ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा अकल्पनीय क्षति भएको छ । देशै निर्वाचनमा होमिएको अवस्थामा भएको दर्दनाक दुर्घटनामा परि यो समाचार सार्वजनिक गर्दा सम्म घाइते र मृतक गरी १७ जनाको उद्दार गरिएको छ । गाडीका धनी कुमार बस्नेतसहित हाल सम्म ९ जनाको दुर्घटनामा ज्यान गएको आशंका छ । मृतक मध्ये धेरैको सनाखत हुन बाँकी छ । घाइतेहरूको उद्दार गरी मन्थली अस्पताल तर्फ ल्याउने प्रयास जारी छ । 

 

मन्थली नगरपालिका–६ भलुवाजोरस्थित सुनकोशी र तामाकोशीको मिलन बिन्दु त्रिवेणी मन्दिर नजिकै पर्ने लिलौटी क्षेत्रमा उक्त बस सडकबाट तामाकोशी नदीमा खसेको थियो ।  यात्रुवाहक उक्त बस कति सवार थिए भन्ने सम्मको विवरण यकिन हुन सकेको छैन भने सेलेघाट स्थित ट्राफिक बिचमा भने १३ जनाको यात्रु सवार भएको इन्ट्रि गरिएको बताइएको छ ।

 

सिधा बाटोमा तीव्र गतिकै कारण दुर्घटनामा परेको आशंका गरिएको छ । दुर्घटनाको कारण रामेछाप र ओखलढुङ्गा शोकमा डुबेका छन् । २१ फागुन नजिकिँदै गएको अवस्थामा प्रहरी, प्रशासनसहित राज्यका सबै निकायहरू समेत निर्वाचनमा केन्द्रित हुँदा सडक दुर्घटनाको कारण ठुलो संख्यामा हाताहाती हुँदा काठमाडौँबाट घरमा आफन्ता कुरेर बसेकाहरूको आशा अब सधैँका लागि आशामै सीमित बन्न पुगेको छ । कतिपयले बिच बाटो बाट पनि यात्रु गाडीमा सडेको आशंका गरिरहेको छन् भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएतले तामाकोशीको गहिरो दहमा डुबेको बसलाई भने दुई वटा जेसिबिको सहायताले तानेर कोशीबाट निकालिएको छ। 

दुर्घटना ग्रस्त बस यतिबेला जिल्लाकै खाँडादेवी गाउँपालिका तर्फ तामाकोशी किनारमा राखिएको छ । 

 

घटनास्थलमै धेरैको ज्यान गएको अवस्थामा फेला पारियो भने, ८ जना घाइतेहरू मध्ये ७ जनाको खुर्कोट स्थित शुभजिवन अस्पताल र १ जना घाइतेको मन्थली अस्पतालमा उपचार जारी छ । मन्थली आएर खाना खाएर गन्तव्य तर्फ बढ्ने योजनामा रहेका धेरैको यो योजना पूरा हुन पाएन । दुष्घटनास्थलमै पुगेका मृतकका आफन्तजनले भने चालकको लापरबाही कै कारण उक्त दुर्घटना भएको भन्दै आक्रोश पोखेका छन् । 

मिलन घिमिरे (बि क)
| माघ २३, २०८२ बिहिबार