गुन्सी–हिलेदेवी जोड्ने खानी खोलाको झोलुङ्गे पुल बाढीले भत्कायोः आवतजावत ठप्प

| असार १८, २०७८ शुक्रबार

संकेतिक फोटो
A A A
A A A

१८ असार,रामेछाप । तीन दिनदेखि परेको अविरल वर्षाले खानीखोलाको झोलुंगे पुलमा क्षेती पुर्याएको छ । बिहिबार राति सुनापति गाउँपालिका वडा न १ गुन्सी र ३ हिलेदेवी जोड्ने खानीखोलाको झोलुङ्गे पुलको एक पट्टिको वाल बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पुलको वाल बाढीले बगाएसंगै पुलबाट हुने ओहोर दोहोर पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनले भने "हिजो राति आएको बाढीले पुलको एकापट्टिको भाग बगाएछ, पुल ओहोरदोहोर गर्न नमिल्ने गरि भत्किएको  खबर आएको छ, हाम्रो टोली आज त्यसतर्फत गएको छ । स्थलगत निरिक्षण हुदै छ । बाँकि के के भएको हो हेरेपछि जानकारी हुन्छ भने ।"

 

खोलामा पानीको वहाव बढेकाले एकापट्टिको भाग÷गाह्रो बगाएको बताइएको छ । पुल बाढीले बगाएसंगै छोटो दुरीबाट जोडिने गुन्सी र हिलेदेवीको बाट अब केही तल रहेको अर्को पुलको माध्यमबाट हुने उनले बताए । 

 

जिल्लामा हालसम्म पुल बहेक अन्य ठाउँको अवस्था सामान्य रहेको उनले बताए । आफूहरु बाढी पहिरोबाट हुने सम्भावित विपतको लागि तयारी अवस्थामा रहेको उनले बताए । उनले भने "हामी सबैसंगको समन्वयमै छौं । प्रशासन, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीय, रेड्क्रस सबै संग समन्वय गरिरहेका छौं हालसम्म जिल्लाको अवस्था आति हाल्नु पर्ने अवस्थाछैन ।"

 

त्यस्तै उनले आफूहरुको २० जनाको टोली विपद्को तयारीको लागि तयार अवस्थामा रहेको पनि बताए । 

 

त्यस्तै पुल भत्किएर ओहोरदोहोर पूर्ण ठप्प भएको गुन्सी वडा नं १ खिम्तिबेसीका मिन बहादुर पाण्डेले रामेछाप टाइम्सलाई बताए । उनले पुल भत्किको जानकारी दिए । उनले भने "ठूलो पुल बगाए, भत्कियो अब कही तल रहेको एउटा सानो पुल पनि बगाउन लागेको छ । त्यो पुल बगायो भने हामी दुई वडा पूर्ण रुपमा सम्पर्क बिहिन हुने छौ ।"

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार