तामाकोशी बस दुर्घटनाः आज पनि एक बालकको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या १५, सबै भेटिएको दाबी

| फागुन ६, २०८२ बुधबार

तामाकोशीमा खसेको बस । तस्बिर फाइल ।
A A A
A A A

०६ फागुन, रामेछाप । गएको मंगलबार त्रिवेणी मन्दिर नजिकै भएको बस दुर्घटनामा परी बेपत्ता भएका थप एक जना बालकको शव फेला परेको छ । आज बुधवार रामेछाप नगरपालिका वडा नं ९ को फेदीमा पर्ने सुनकोशी नदीको किनारमा ८ वर्षीय प्रनिश तामाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

काठमाडौँबाट मन्थली हुँदै ओखलढुङ्गा तर्फ जाँदै गरेको अरनिको यातायात समितिको यात्रुवाहक बस मन्थली नगरपालिका–६ को स्थित त्रिवेणी मन्दिर नजिकै सडकबाट बस तामाकोशी नदीमा खस्दा बसका धनी र एकै परिवारका ४ जनासहित १२ जनाको घटनास्थलमै ज्यान गुमाएका थिए । भने केही बेपत्ता भएका थिए । 

 

बेपत्ता भएका मध्ये बुधवार लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्का ८ वर्षीय नाबालककाको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘बेपत्ता एकको पनि शव फेला परेर टोली खटिएको छ।’

 

दुर्घटनामा परेको यात्रु वाहक बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि सो दुर्घटनामा परेको आशङ्का गरिएका सबै यात्रुको (घाइते तथा मृतक) गरी संख्या भने २३ भएको पुष्टि भएको छ । 

 

हाल सम्म दुर्घटनामा परी घाइते भएका ८ जना मध्ये ३ जना उपचार पछि घर फर्किएका छन् भने ४ जना उपचाररत रहेका छन् । सामान्य घाइते चालक प्रहरी नियन्त्रणमा छन् । 

 

दुर्घटनामा परी बालबालिका, युवा र वयस्क गरी कूल १५ जनाले ज्यान गुमाएको पुष्टि भएको हो । 

मिलन घिमिरे (बि क)
| माघ २३, २०८२ बिहिबार