रामेछाप प्रशासनको ६ बुँदे निर्देशन : ‘होली सभ्य र सांस्कृतिक रूपमा मनाऔं, मतगणना नसकिँदा सम्म ‘रक्सी’जन्य पदार्थ बिक्री बन्द

| फागुन १५, २०८२ शुक्रबार

A A A
A A A

१५ फागुन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले निर्वाचन आचारसंहिताको पालना गर्दै शान्ति पूर्ण वातावरणमा रंगहरुको पर्व होली मनाउन आग्रह गरेको छ । प्रशासनले मतदान सम्पन्न हुँदा अपनाउनु पर्ने सम्पूर्ण आचारसंहिताको पालना गर्न मदिराजन्य पदार्थको बिक्री वितरणमा समेत रोक लगाएको भनेको छ । 

 

शुक्रवार साँझ सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले जारी गरेको पत्रमा भनिएको छ ‘फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाको सुरक्षा संवेदनशीलता र आउँदो सोमबार (१८ गते) रंग र खुसीयालीको पर्वका रूपमा मनाइने होली (फागु) पर्वलाई समेत मध्यनजर गरी’ ६ बुँदे निर्देशन गरिएको छ । 

 

पत्रमा होली पर्वलाई सभ्य रूपमा मनाउन आग्रह गरिएको छ । 

 

त्यस्तै आजै (शुक्रवार) देखि लागू हुने गरी निर्वाचनको मतगणना नसकिँदा सम्मको लागि मदिरा जन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको रामेछाप प्रशासनले प्रस्ट भनेको छ । यद्दयपी यो कार्यान्वयनमा भने प्रशासनले कस्तो भूमिका खेल्छ त्यो हेर्न बाँकी छ । 

 

स्वतन्त्र तीन जनासहित १४ राजनीतिक दलका नेताहरूले चुनावी प्रतिस्पर्धा गर्न घरदैलो र कोण सभा गरी मतदाताहरू माझ आश्वासन बाँडी रहेको रामेछापमा सोमबार देखि (फागुन १८  गते राती १२ः००) बजेदेखि लागु हुने ‘निर्वाचन प्रचारप्रसार निषेध’ समेत रामेछाप प्रशासनले स्मरण गराएको छ । उसले मौन अवधिमा प्रचारप्रसारका कुनै पनि गतिविधि नगर्न भनेको हो ।

 

मतदानको दिन (फागुन २१ गते) बिहीबार अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स,दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी साधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन) हरू, कूटनीतिक नियोगका सवारी साधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी सवारी संचालन अनुमति प्राप्त गरेका सवारी साधनहरू बाहेक अन्य सवारी समेत संचालन नगर्न समेत रामेछाप प्रशासनले आग्रह गरेको छ ।

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार