रामेछापमा दुई ठाउँमा गन्न थालियो मत: घण्टीको झिनो अग्रता मतान्तर घटाउँदै रुख
२३ फागुन, रामेछाप । मतगणना निकै सुस्त भएको भन्दै चौतर्फी आलोचना भए पछि रामेछापमा दुई वटा ठाउँको व्यवस्थापन गरी गणना थालिएको छ । केहीबेर अघिदेखि दुई ठाउँबाट गणना गर्न लागिएको हो ।
२१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि जारी प्रत्यक्ष तर्फको मत गणना निकै सुस्त देखिको छ। मतदान सम्पन्न भएको तीन दिन बित्न लाग्दा बल्ल एउटा पालिकाको मात्रै मत गनेर सकिएको छ ।
सुनापति गाउँपालिकाको ५ वटै वडा र लिखु तामाकोशी गाउँपालिकाको ३ वडाको गरी कूल १४ हजार ६ सय ७७ मत गणना गर्दा रामेछापमा ८४ मतले रास्वपाले अग्रता लिएको छ । यो मत परिणाम बिहान १०ः५५ बजे सम्मको हो ।
रास्वपाले हाल सम्म ३ हजार ९१ मत पाएको छ भने सुरुवाती अग्रता लिएको उज्यालो नेपाल पार्टीलाई पछि पार्दै अग्रता लिएको नेकपाले ३ हजार ७ मत सहित रास्वपालाई पछ्याई रहेको छ ।
रास्वपाले लिखु तामाकोशीमा राम्रो मत ल्याउने आंकलन गरेको पालिका मध्ये एक हो । त्यस्तै नेपाली काँग्रेसको रुख चिन्हले हाल सम्म २९ सय ४७ मत ल्याएर तेस्रो स्थानमा कायम रहँदै मतान्तर घटाउँदै गएको छ ।
सुरुवाती अग्रता लिएको चिमले मतान्तर घटाउँदै हाल सम्म २२ सय ३६ मत ल्याएको छ । त्यस्तै हर्क साम्पाङ्को माटोले ३१८ मत पाउएको छ । ६४ वटै वडामा स्वयंसेविकाहरू खटाएर मतदाता शिक्षा लागू गरिएको रामेछापमा बदर मतको संख्या पनि निकै बढेको छ ।
सुनापति गाउँपालिकाको मात्रै मतगणना गर्दा झण्डै ९ सय भन्दा बढी मत बदर भएको छ ।
