लागु पदार्थ सेवन गरी गाडी चलाउन ३ जना चालक रामेछाप प्रहरीले नियन्त्रणमा

| चैत ५, २०८२ बिहिबार

A A A
A A A

०५ फागुन, रामेछाप । रामेछापमा लागू पदार्थ सेवन गरी सवारी चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

 

बिहीबार बिहान ९ बजे देखि दिउँसो १ः०० बजे सम्म दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले गरिएको लागू पदार्थ सेवन चेक जाँच ‍(लापसे) जाँचमा ३७ वटा साना तथा ठुला सवारी साधन चेक गरिएको थियो । ३७ जना चालकहरू मध्ये ३ जनाले लागू पदार्थ सेवन गरे फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

ट्राफिक प्रहरीका अनुसार बिहानै लागू पदार्थ सेवन गरी सवारी साधन चलाइ रहेको उनीहरूलाई फेला पारेपछि ती चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको हो । 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार