रामेछापको दोरम्बामा सामान्य विवाद्मा आफ्नै ज्वाइँ हत्या, ६० वर्षीय जेठान पक्राउ
एआइको सहयोगमा तस्बिर ।
१० फागुन, रामेछाप । जिल्लाको दोम्बा शैलुङ् गाउँपालिका–४, मा आफ्नै ज्वाइँको हत्या गरी फरार एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँड्दै गर्दा ६० वर्षीय जेठान वीरबहादुर तामाङले प्रहार गर्दा ज्वाइँ प्रेमबहादुरको ज्यान गएको थियो ।
लगत्तै फरार भएका वृद्धा वीर बहादुरलाई मंगलबार (आज) बिहानै ७ः३० बजेको समयमा सोही वडाको खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) भोला कुमार भट्टले रामेछाप टाइम्सलाई बताए ।
‘त्यस्तो ठुलो विवाद देखिँदैन । ससुरालीमा दाजु भाइ बिच सामान्य पारिवारिक विवाद रहेको हुँदा कसको घरमा जान, कसकोमा नजाने भन्ने विवाद चल्दा ससुराले सामान्य तरिकाले ज्वाइँलाई हातैले हान्दा ज्वाइँको ज्यान गएको रहेछ ।’
ज्यान मार्ने नियतले प्रहार गरेको नदेखिए पनि ज्वाइँ प्रेमबहादुरको भने मृत्यु भएको छ । पक्राउ परेका वरिबहादुरलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मन्थली ल्याएको जनाएको छ ।
घटना बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
यस अगाडि हेड्लाइनमा जेठान हुनु पर्नेमा स्रोतले दिएको जानकारीमा अन्यथा भएकोमा क्षमायचनासहित सच्याइएको छः सम्पादक ।
